काठमाण्डु – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई सिफारिस गरेकी छन् ।
सरकारको कानूनी सल्लाहकारको रुपमा रहने महान्यायाधिवक्तामा नियुक्त भएकी हुन् ।
यसअघिका महान्यायाधिवक्ता रमेश बडालको दिएको राजीनामा आईतबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन् ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा अब सवितालाई राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता नियुक्त गर्नेछन् । सविता राष्ट्रिय सूचना आयोगकी पूर्व सूचना आयुक्त हुन् ।




प्रतिक्रिया