वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने नेपाली टोलीमा को-को परे ?

वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने नेपाली टोलीमा को-को परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिजविरुद्धको तीन टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि १६ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको छ।

कप्तानको जिम्मेवारी पुनः रोहित पौडेलले सम्हाल्ने छन् भने उपकप्तानमा दीपेन्द्र सिंह ऐरी छन्।

“युनिटी कप” नाम दिइएको यो शृङ्खला यही सेप्टेम्बर २७ देखि ३० सम्म युएईको शारजाह क्रिकेट मैदानमा हुनेछ।

हालै नेपालमा देखिएको ‘जेनजी आन्दोलन’पछि देशको एकतालाई उजागर गर्ने उद्देश्यले सिरिजको नाम “युनिटी कप” राखिएको क्यानले जनाएको छ।

यो नै नेपालले पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न लागेको ऐतिहासिक क्षण हो।

यस्तो छ नेपाली क्रिकेट टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, मो. आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करन केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र शहाब आलम ।