काठमाण्डु– जेनजी आन्दोलनमा शहीद भएकाहरूको सम्मानमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहालीपछि नै सो निर्णय गर्दै, शोक दिवसको मिति भने मन्त्रीपरिषद्ले टुंगो लगाउने बताएका छन्।
गृह मन्त्रालयका अनुसार, शहीदका परिवारलाई किरिया खर्चका लागि प्रतिपरिवार एक–एक लाख रुपैयाँ उपलब्ध गराइनेछ।
यस्तै, शव व्यवस्थापनका लागि निःशुल्क सवारीसाधनको व्यवस्था गरिने र दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत शव पुर्याइने निर्णय पनि गरिएको छ।




प्रतिक्रिया