काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालू अधिवेशन मंगलबार मध्यरातिदेखि लागू हुने गरी अन्त्य गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी दिएका छन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को मिति २०८२ भदौ ३० गतेको सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन २०८२ भदौ ३१ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरिएको छ ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको थियो ।





प्रतिक्रिया