सनातन हिन्दू राष्ट्र कायम गर्न सनातन हिन्दू समाज नेपालको माग

सनातन हिन्दू राष्ट्र कायम गर्न सनातन हिन्दू समाज नेपालको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – सनातन हिन्दू समाज नेपालले राष्ट्रमा लोकतान्त्रिक व्यवस्था पद्धतिभित्र सनातन हिन्दू राष्ट्र कायम गरिनुपर्ने माग गरेका छन् ।

मंगलबार सनातन हिन्दू समाजले जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत राष्ट्रमा सधैभरिका लागि अमनचैन हुन युवा पुस्ता र अन्तरिम सरकारले देशलाई सनातन हिन्दू राष्ट्र कायम गर्नेतर्फमा जोड दिन आग्रह गरे ।

हिन्दू समाज नेपालका अगुवा एवं जानकी मन्दिरका छोटे महन्थराम रोशन दासले नेपालको इतिहासमै सनातन हिन्दू राष्ट्र रहेको बताए । उनले नेपाल र नेपालीको आहार र व्यवहार सनातनी रहेकोले हिन्दू संस्कृतिले नै गर्दा देश चलिरहेको जानकारी दिए ।

महन्थ दासले सनातन र संस्कृति नै हाम्रो देशको धरोहर रहेको बताए । उनले हरेक घर र हरेक स्थानमा कुनै शुभ कार्य हुँदा हिन्दू संस्कृति अनुसारनै पूजा अर्चना गरेर कार्य सुरु गर्ने चलन अहिले पनि व्यापक रहेको उल्लेख गरे ।

महन्थ दासले नयाँ पुस्ताले देखाएको पराक्रमको प्रशंसा गर्दै सहिद भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरे । उनले नयाँ पुस्तालाई धर्म संस्कृति बचाउन भूमिका खेल्नुपर्नेमा जोड दिए ।