काठमाण्डु – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
टिचिङ अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा उनीहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
ज्यान गुमाएका सहिदमध्ये ४ जनाको मंगलबार पशुपतिमा अन्त्येष्टि गरिएको छ । सो क्रममा पशुपति आर्यघाटमा मृतकका परिवारहरूको रुवाबासी चलेको थियो ।
आफन्त गुमाएकाहरू ठूलो संख्यामा आर्यघाटमा भेला भएका थिए । शव जलिरहँदा रुवाबासी चल्दा सन्नाटा छाएको थियो ।
शवयात्रामा सरिक भएर आर्यघाट पुगेकाहरू भावविह्वल बनेका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी प्रदर्शनमा मारिएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र मृतक परिवारलाई खर्च समेत गरी १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।
सरकारले असोज १ गते राष्ट्रिय शोक दिवसको घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ ।




प्रतिक्रिया