एशिया कप टी–२० : बङ्गलादेशद्वारा अफगानिस्तान पराजित

एशिया कप टी–२० : बङ्गलादेशद्वारा अफगानिस्तान पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एशिया कप टी–२० क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानलाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई आठ रनले हराएको हो ।

बङ्गलादेशले दिएको १५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरको अन्तिम बलमा १४६ रनमा अलआउट भयो ।

अफगानिस्तानका रहमानउल्लाह गुरबाजले ३५ तथा अजमातुल्लाह उमरजाईले ३० रन बनाए । बङ्गलादेशका मुस्ताफिजुर रहमानले तीन तथा नसुम अहमद, तस्किन अहमद र रिशाद हुसेनले समान दुई विकेट लिए । त्यसअघि दुबईमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले पाँच विकेट गुमाएर एक सय ५४ रन बनायो । बङ्गलादेशका तान्जिद हसनले ५२ र सैफ हसनले ३० रन बनाए ।

अफगानिस्तानका राशिद खान र नूर अहमदले समान दुई तथा अजमातुल्लाह उमरजाईले एक विकेट लिए । यो जीतसँगै बङ्गलादेशको सुपर चारमा पुग्ने सम्भावना बलियो बनेको छ भने अब अफगानिस्तानलाई अन्तिम खेलमा नेटरनरेटका आधारमा जित्नैपर्ने दबाब छ ।

आठ वटा टोली सहभागी प्रतियोगिताको समूह एमा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह बीमा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल असोज १२ गते हुनेछ ।