एमालेले पर्सि च्यासलमै संविधान दिवस मनाउने

एमालेले पर्सि च्यासलमै संविधान दिवस मनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले पर्सि असोज ३ गते शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमै संविधान दिवस मनाउने भएको छ ।

२०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा संविधान दिवस मनाइँदै आएको छ ।

बुधवार बसेको बैठकले असोज ३ गते बिहान ८ बजे संविधान दिवस मनाउने निर्णय गरेको छ । बैठकमा जनसंगठन, सम्पर्क कमिटी, बागमतीका इन्चार्ज तथा अध्यक्ष तथा केन्द्रीय विभाग प्रमुख सहभागी रहेका थिए ।

केन्द्रीय कार्यालयमा मनाइने संविधान दिवस विशेष कार्यक्रममा उपत्यकाका सबै पार्टीपंक्ति सहभागी हुने निर्णय भएको छ ।

बैठकमा उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, पदमा अर्याल, रघुवीर महासेठ लगायत नेताहरू सहभागी थिए ।