काठमाण्डु – देशका छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
बागलुङको ताराखोला गाउँपालिका–१ स्थित गोठभित्र ताराखोला गाउँपालिका–५ सानो औलादी बस्ने ४० वर्षीय दुर्गा बहादुर पाईजा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
बैतडीको सुर्नया गाउँपालिका–५ न्वाघर बस्ने दल बहादुर चन्दको छोरी १७ वर्षीया अप्सरा चन्द सोही ठाउँस्थित सुर्नया नदीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–८ सालबन्दीस्थित नहरमा सोही नगरपालिका–९ राजावाँस बस्ने ३३ वर्षीया नेत्र कुमारी राई बुधबार मृत्यु अवस्थामा फेला परेकी छिन् ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।




प्रतिक्रिया