मन्त्री बनेर ६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

मन्त्री बनेर ६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् ।

सोमबार शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर उनले पदभार ग्रहण गरेका हुन् ।

उनले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढंगले ६ महिनाभित्रका केही फाउन्डेसनहरू स्थापना गर्नुपर्ने बताए ।

उनले भने, ‘हुन त ६ महिनाको लागि सञ्चारमन्त्री आएर कुनै कायापलट हुने होइन । तर भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढंगले देखिने गरेर र जनतालाई महसूस हुने गरी यो ६ महिनाभित्रका केही फाउन्डेसनहरू हामीले स्थापना गर्नुपर्नेछ ।’

खरानी टक्टक्याएर जीवन र धरोहरहरूको पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको भन्दै उनले भ्रष्टाचारको विषयमा सरकार निर्मम भएर काम गरिरहेको भन्ने अनुभूति जनतालाई गराउनुपर्ने बताए ।

उनले भने, ‘भ्रष्टाचार पनि ६ महिनामा हट्दैन । तर घटाउँदै जाने हो । जनताले पनि यो विषयमा सरकार निर्मम छ है, काम गर्दै छ है भन्ने अनुभूति गराउन सकिन्छ । हामी खरानी टक्टक्याएर जीवन र धरोहरको पुनर्निर्माण गर्नुपर्नेछ ।’

राजनीतिक हस्तक्षेप भएन भने, नेता र मन्त्रीको चम्चा बनिएन भने स्वतन्त्र रूपमा अगाडि बढ्न सकिने उनको भनाइ छ ।