काठमाण्डु – खोलाले बगाएर तथा डुबेर २ जनाको मृत्यु भएको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–६ धपर बस्ने ४० वर्षीय तोप बहादुर सार्कीको बैजनाथ खोलाले बगाएर मृत्यु भएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–१२ निबुवा डेरा गरी बस्ने जाजरकोट घर भएकी निर्मला परियारकी छोरी ७ वर्षीया सिखा परियारको सोही ठाउँस्थित डुडवा खोलामा डुबेर मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया