सञ्चारमन्त्री खरेल सरकारको प्रवक्ता नियुक्त, मृतक परिवारलाई आर्थिक सहायता दिने निर्णय

सञ्चारमन्त्री खरेल सरकारको प्रवक्ता नियुक्त, मृतक परिवारलाई आर्थिक सहायता दिने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई सरकारको प्रवक्ता नियुक्त गरेको छ ।

बैठकपछि मन्त्री खरेलले पत्रकारहरूलाई जानकारी दिँदै विभिन्न निर्णयहरूबारे जानकारी दिएका हुन् ।

उनका अनुसार २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मृत्यु भएका नेपाली नागरिकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदर्शनका क्रममा भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीबाहेक, पहिचान खुलेका मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिइनेछ । काजक्रिया, खाना र यातायात खर्चका लागि अतिरिक्त ५ लाख रुपैयाँ उपलब्ध गराइने निर्णय भएको छ ।

बैठकले सुरक्षण मुद्रण सम्बन्धी नियमावली २०८२ पनि स्वीकृत गरेको छ । नियमावली सुरक्षित मुद्रण सम्बन्धी ऐन २०८१ लाई कार्यान्वयनमा लैजानका लागि आवश्यक व्यवस्था अनुसार ल्याइएको प्रवक्ता खरेलले जानकारी दिए ।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ताका लागि सूचना तथा प्रशारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने निर्णय भएको छ । यससँगै अब अनलाइन सञ्चार माध्यम दर्ता तथा नविकरणको प्रक्रिया जिल्ला प्रशासन कार्यालयबाट नभई सूचना विभागमार्फत नै यथावत रूपमा अघि बढ्नेछ ।