नारायणगढ-मुग्लिन सडक एकतर्फी, गाडीको लामो जाम

नारायणगढ-मुग्लिन सडक एकतर्फी, गाडीको लामो जाम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मंगलबारदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । मुग्लिन नजिकै तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै गएराति साढे १० बजेदेखि सडक सञ्चालनमा आएको हो ।

सडक दुईतर्फी नै सञ्चालनमा आए पनि फेरि ठूलो ढुंगा झरेको कारण एकतर्फी सञ्चालन भइरहेको मुग्लिन प्रहरीले जनाएको छ ।

सडक सञ्चालन भएसँगै रोकिएका हजारौं गाडी गन्तव्यतर्फ लागेका छन् । रोकिएका गाडी आलोपालो सञ्चालन भइरहेकाले लामो जाम भएको छ । तुईन खोलानजिक गएको पहिरोका कारण अवरुद्ध सडक तीन दिन (करिब ५४ घण्टा) पछि बिहीबार रातिदेखि सडक सञ्चालनमा आएकाे हाे । 

यसअघि पनि पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो । पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन र लेन अनुशासनको पालना गर्न प्रहरीले आग्रह गरेको छ ।

मुग्लिन–नारायणगढ सडक हुँदै दैनिक १० हजारभन्दा बढी गाडी गुड्ने गर्छन् ।

काठमाण्डु ओहोरदोहोर गर्ने अरू मुख्य सडकहरुमा यतिबेला निर्वाध रुपमा गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।