काठमाण्डु – धनुषामा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
कमला नगरपालिका–२ स्थित खोक्साहा पुल नजिक नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको हो। दुर्घटनामा परेर अर्का एक किशोर गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा धनुषाकै जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन्।
दुर्घटनामा दुवै किशोरको घटनास्थलमै मृत्यु भएको हो।
मोटसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन्। उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कमला नगरपालिका–३ लगमा बजारमा आयोजन हुँदै आएको झिझिया नाच हेर्नका जाँदै गरेका किशोर दुर्घटनामा परेका हुन्। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीको छ।




प्रतिक्रिया