‘घण्टीघर’ले तिरेन १० महिनादेखि घर भाडा, खाली गरिदिन घरधनीको ताकेता

‘घण्टीघर’ले तिरेन १० महिनादेखि घर भाडा, खाली गरिदिन घरधनीको ताकेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको वनस्थलीस्थित चमतीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयले १० महिनादेखि घर भाडा नतिरेको खुलासा भएको छ ।

रास्वपाले उक्त घरमा केन्द्रीय कार्यालय राखेपछि त्यसलाई घण्टीघर भन्दै आएको छ ।

मासिक ३ लाख ५० हजार रुपैयाँ घरभाडा दिने गरी रास्वपाले घर भाडामा लिएको हो । तर १० महिनादेखि घरभाडा नदिएको घरधनी भरत देवकोटाले जानकारी दिए ।

घर भाडा बक्यौता रहेपछि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन सूचना दिएका छन् । ‘घर खाली गर्न रास्वपालाई सूचना दिएको दुई हप्ता भएको छ’, देवकोटाले भने । उनले सुरक्षाको समेत समस्या भएपछि घर खाली गर्न आग्रह गरेको बताए ।

देवकोटा हाल अमेरिकामा छन् । उनले त्यहिँबाट पार्टीका वरिष्ठ नेताहरूलाई फोन गरेर घर खाली दिन भनेका हुन् । उनले पार्टीलाई आर्थिक सहयोग पनि गरेका छन् ।

उनका अनुसार १० वर्षका लागि भएको सम्झौतामा प्रत्येक तीन वर्षमा रिभ्यू गर्ने उल्लेख छ । तर, तीन वर्ष पनि नपुग्दै जोखिम बढेपछि आफूले तीन महिना पहिला सूचना दिनुपर्ने सम्झौताअनुसार खाली गरिदिन आग्रह गरेको पनि बताए ।

देवकोटा रास्वपाको अनुशासन आयोगको पूर्वअध्यक्ष पनि हुन् । उनकै नेतृत्वमा तत्कालीन सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि कारबाही भएको थियो । उनी रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा विज्ञ सल्लाहकारसमेत भएका थिए ।