काठमाण्डु – सत्रौँ संस्करणको प्रधानसेनापति ट्रफी २०८२ समापन भएको छ । भाद्र १७ गतेबाट सुरु भएको प्रधानसेनापति ट्रफी प्रतियोगित आज (शुक्रबार) समापन भएको हो । प्रतियोगिताका विजेताहरुलाई ट्रफी र पुरस्कारहरु पनि वितरण गरिएको हाे ।
प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वादो, भलिबल, बास्केटबल, फूटबल र जुडो जस्ता खेलहरु रहेका थिए भने प्रतियोगितामा आठवटा पृतना र ६ वटा बाहिनीबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताका केही विधाका खेल पोखरा र हेटौंडामा पनि भएको थियो ।
समापन समारोहमा बलाध्यक्ष रथी प्रदीपजंग केसीले सैनिक जीवनमा एकदमै महत्वपूर्ण अंगको रुपमा रहेको खेलकुदले शारीरिक तथा मानसिक पक्षको विकास गरि स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न प्रेरणादाही भूमिका निर्वाह गरेको बताए ।उनले भने, ‘सैनिक जीवनमा एकदमै महत्वपूर्ण अंगको रुपमा रहेको खेलकुद शारीरिक तथा मानसिक पक्षको विकास गरि स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न प्रेरणादाही भूमिका निर्वाह गरेको हुन्छ ।




प्रतिक्रिया