काठमाणडु – बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् १९ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको सारेको छ ।
त्यस्तै नेपाली सेनातर्फ २ जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने र ९ जना महासेनानीको सहायक रथिमा बढुवा गर्ने तथा ३ जना सहायक रथीको सरुवा गर्ने निर्णय भएको छ ।






प्रतिक्रिया