बाजुराको खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाले दियोे एम्बुलेन्स

बाजुराको खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाले दियोे एम्बुलेन्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ ।

महानगरपालिकाले बाजुराको खप्तड छेडेदहसहित ३५ वटा स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको हो ।

महानगरपालिकाले हरेक वर्ष ग्रामीण क्षेत्रको स्वास्थ्य उपचारमा सहयोग पुर्‍ याउन एम्बुलेन्स उपहार स्वरुप प्रदान गर्दै आएको छ । महानगरपालिकाले आवश्यकता सहितको निवेदनका आधारमा एम्बुलेन्स सहयोग गर्ने गरेको छ ।

महानगरले वितरण गरेका ३५ वटा एम्बुलेन्स मध्ये बाजुराको खप्तड छेडेदह गाउँपालिका सहित बझाङ र अछाम जिल्लाका स्थानीय तहले पनि प्राप्त गरेका छन् ।

महानगरले हस्तान्तरण गरेको एम्बुलेन्स गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले ग्रहण गरेका हुन् । एम्बुलेन्स ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष रावतले महानगरलाई धन्यवाद दिँदै एम्बुलेन्स सहयोगले गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा थप सहयोग पुग्ने बताएका हुन् ।

अब छेडेदह गाउँपालिकासँग २ वटा एम्बुलेन्स भएका छन् । यस अघि भारतीय राजदुतावासले नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स सहयोग गरेको थियो ।

दुई वटा एम्बुलेन्सले यहाँका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा गरिएको अध्यक्ष रावतले बताए ।

पालिकाको १ र २ वडाका लागि काँडामा एक वटा र अर्को पालिकाको केन्द्र डोगडी स्वास्थ्य चौकीमा एम्बुलेन्स राख्ने र सोही कार्यविधी मार्फत सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।