काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरूलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुँदैन भन्ने चिन्ता रहेको बताएका छन् ।
शनिबार वीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्दै उनले बिरामीहरूको उपचार राम्रै भइरहेको भन्दै उनीहरूलाई आन्दोलनको मागको बढी चिन्ता रहेको बताए ।
उनले भने, ‘बिरामीहरूको माग वा मुद्दा भनेको जेनजी आन्दोलनको माग हो । यसकै लागि लडेको हो । हाम्रो माग पूरा हुनुपर्छ भन्ने छ । उनीहरूको स्वास्थ्यको कुरा गर्ने हो भने उपचार राम्रै भइरहेको छ । उहाँहरूलाई आफ्नो शरीरको चिन्ताभन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुँदैन भन्ने कुराको चिन्ता छ ।’
ट्रमा सेन्टरमा २ जना पढ्ने विद्यार्थी पनि रहेको भन्दै उनले सञ्चो भएपछि पढाइको विषयमा पछि जे गर्नुपरे पनि गर्न तयार रहेको आश्वासन दिएको बताए । हालको लागि अन्तरिम सरकारले जे घोषणा गरेको छ, त्यहीँ अनुसारको काम हुने पनि उनको भनाइ छ ।




प्रतिक्रिया