जुवातास खेल्दाखेल्दै ७ जना पक्राउ

जुवातास खेल्दाखेल्दै ७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – प्रहरीले जुवातास खेल्दाखेल्दै ७ जनालाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–५ बनखेतस्थित भीमदत्त नगरपालिका–६ बस्ने ५३ वर्षीय शिवराज भट्टले सञ्चालन गरेको शिवशक्ति खाजा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा शिवराज समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५० हजार ८८८ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।