काठमाण्डु – प्रहरीले जबरजस्तीकरणी अभियोगमा ४ जनालाई पक्राउ गरेको छ ।
बाजुराको १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढीगंगा नगरपालिका–५ बस्ने ३० वर्षीय पारस शाहलाई प्रहरीले पक्राउ गरेको छ ।
पारसले ती बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाँटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
पाल्पामा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रम्भा गाउँपालिका–४ बस्ने २६ वर्षीय विवेक बहादुर पाण्डे र रूपन्देही बुटवल उपमहानगरपालिका–११ बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–६ घर भएका २६ वर्षीय अप्रिल घर्ती मगर रहेका छन् । उनीहरूले ती महिलालाई तानसेन नगरपालिका–४ होलाङ्दिस्थित होटल मनकामनामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।
सुर्खेतमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकवेशी नगरपालिका–१० बस्ने १९ वर्षीय ललित खड्कालाई प्रहरीले पक्राउ गरेको छ । ललितले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया