काठमाण्डु – विजयादशमी नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप दिनप्रतिदिन बढ्दो छ। भक्तपुरको जगातेमा पूर्वतर्फ जान चाहने यात्रुहरू सार्वजनिक यातायात कुरेर पर्खिरहेका छन्।
दशैंको समयमा सवारी चाप अत्यधिक हुने गरेकाे छ। अत्यधिक यात्रु चापका कारण धेरैले बिहानदेखि बेलुकासम्म गाडी कुर्नुपर्ने अवस्था दशैंमा सिर्जना हुने गरेकाे छ । घर-परिवारसँग चाडपर्व मनाउने चाहनाले भरिएका अनुहारहरू आफ्नो गन्तव्यतिर जानको लागि गाडि पर्खिरहेका छन्।


काठमाडौं छाडेर घर फर्किनेहरुको ठूलो चहलपहल छ । गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी क्षेत्रमा बस कुर्नेहरूको भीड लागेको छ । काठमाडौं छाडेर आफ्नो आफ्नो गन्तव्यतिर लाग्ने सवारी साधनको चापका कारण बिहानैदेखि पूर्वतर्फ जाने सवारी र यात्रुको चापले कोटेश्वर, जडिबुटी सडकमा गाडीको लाम लागेको छ ।





प्रतिक्रिया