काठमाण्डुमा र्‍याली, प्रदर्शन गर्न स्वीकृति नदिने प्रशासनको निर्णय

काठमाण्डुमा र्‍याली, प्रदर्शन गर्न स्वीकृति नदिने प्रशासनको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी आन्दोलनपछि सुरक्षा चुनौती बढेको भन्दै काठमाण्डु जिल्ला प्रशासन कार्यालयले आगामी शनिबारका लागि तोकिएका मोटरसाइकल र्‍याली, सभा र प्रदर्शनजस्ता कार्यक्रमहरूलाई स्वीकृति नदिने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वर राज पौडेलले शुक्रबार जारी गरेको अत्यन्त जरुरी सूचनामा भदौ २३ गतेको जेनजी आन्दोलनपछि भएको तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिलाई मध्यनजर गर्दै सुरक्षाको अवस्था थप संवेदनशील बनेको उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, ‘शान्ति सुरक्षाको स्थिति बनाई राख्न, सार्वजनिक सम्पत्तिको संरक्षण र सेवा प्रवाहलाई सहज बनाउन यस कार्यालयबाट कुनै पनि र्‍याली, जुलुस, धर्ना, सभा वा प्रदर्शन गर्न स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ ।’

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३)(क) र प्रहरी ऐन २०१२ को दफा १९ का प्रावधानअनुसार पूर्वस्वीकृति बिना कुनै पनि कार्यक्रम नगर्न वा नगराउन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रशासनले हाल विभिन्न समूहहरूले काठमाण्डुका विभिन्न स्थानमा र्‍याली र सभा आयोजना गर्ने तयारी गरिरहेको सूचना प्राप्त भएको जनाउँदै त्यस्ता गतिविधिले सुरक्षामा चुनौती थप्न सक्ने भन्दै नागरिकहरूलाई संयमित रहन अपिल गरेको छ ।