प्रचण्डको सचिवालयले गर्‍यो  पूर्वएआइजी सुवेदीविरुद्ध उजुरी दर्ता

प्रचण्डको सचिवालयले गर्‍यो  पूर्वएआइजी सुवेदीविरुद्ध उजुरी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गरेको छ।

सुवेदीले केही दिनअघि सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट २ करोड रुपैयाँ दुई ट्रकमा निकालिएको दाबी गरेका थिए।

सचिवालयका संयोजक गोविन्द आचार्यले आइतबार साइबर ब्युरोमा उजुरी दर्ता गरिएको पुष्टि गर्दै भने, “पूर्व एआइजी सुवेदीले डिजिटल माध्यम प्रयोग गरेर गलत र बेआधार आरोप लगाएर प्रचण्डको चरित्रहत्या गर्ने प्रयास गरेका छन्, त्यसैले कानुनी प्रक्रिया अघि बढाइएको हो।”

सचिवालयले यसअघि एक विज्ञप्ति जारी गर्दै सुवेदीलाई “दुई करोड रुपैयाँको प्रमाण पेश गर्न” चुनौती दिएको थियो।

उजुरीमा डिजिटल माध्यममार्फत गरिएका गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएको उल्लेख गर्दै आवश्यक अनुसन्धान र कानुनी कारबाहीको माग गरिएको छ।