मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् ।

मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गरेका हुन् ।

सिंहले आज विश्वासको मत लिने तयारी गरेका थिए ।

विश्वासको मतसम्बन्धी प्रस्ताव पेश नगर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको छ ।

मुख्यमन्त्री सिंहले यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा राजीनामा दिने घोषणा गरेका थिए। तर, त्यसपछि आफ्नो निर्णय परिवर्तन गर्दै उनले सामाजिक सञ्जालमार्फत ‘जनधनको क्षति नहोस्’ भन्ने उद्देश्यले भावनात्मक रूपमा राजीनामा लेखेको दाबी गरेका थिए।

उनको यथोचित स्पष्टता नआएपछि आफ्नै दल जनमत पार्टीले भदौ ३१ गते सिंह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको जानकारी सभामुखसमक्ष पेश गरेको थियो।