देउवा विदेश जाने, कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

देउवा विदेश जाने, कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएको हो ।

खड्कालाई कार्यवाहक उपसभापतिको जिम्मेवारी दिएर देउवा उपचारका लागि विदेश जाने तयारीमा रहेका छन् ।

सभापति देउवाले सम्बोधन गरिसकेलगत्तै आजको बैठक स्थगित गरिएको छ । पर्सि फेरि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खडकाले नै गर्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक भएका हुन् ।