काठमाण्डु – संसद पुनःस्थापनाको विषयमा सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल सुरु गरेका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन गरेर फागुन २१ गते निर्वाचन घोषणा भएका बेला दलहरुले पुरानै संसद ब्यूँताउन छलफल थालेका हुन्।
संसद् पुनर्स्थापनाको माग लिएर सभामुख सर्वोच्च जानुपर्छ कि पर्दैन भन्ने विषयमा छलफल सुरु भएको छ । सभामुख घिमिरेले दलहरूलाई संसद् विघटनका विषयमा पार्टीको आधिकारिक धारणा लिएर आउन आग्रह गरेका थिए ।
मंगलबार प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र संसद विघटनविरुद्ध १० वटा रिट परेका छन्। तर, अध्ययनकै क्रममा रहेकाले कुनैपनि रिट दर्ता भने भइसकेको छैन। माओवादी र रास्वपासहित तत्कालीन प्रतिपक्षी दलहरु निर्वाचनको पक्षमै रहे पनि कांग्रेस निर्वाचन र संसद पुनःस्थापना दुुबै स्वीकार्ने बताइरहेको छ।
एमालेले भने सडकबाट समेत प्रतिवाद गर्ने बताइसकेको छ।
सभामुख घिमिरेले यसै विषयमा विघठित प्रतिनिधिसभामा राजनीतिक दलहरुसँग छलफल गरिरहेका छन्।
छलफलमा कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायतका प्रतिनिधि सहभागी छन् । तर रास्वपा भने छलफलमा अनुपस्थित भएका छन् ।
बैठकमा संसद विघटन भएको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको सहभागी नेताहरुले बताएका छन्।
दलहरूसँगको छलफललगत्तै सभामुख घिमिरेले पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग समेत छलफल गर्ने तयारी गरेका छन्।




प्रतिक्रिया