फेसबुकमा अध्यक्षबाट हट भनेका भरमा हट्दिन : केपी ओली

फेसबुकमा अध्यक्षबाट हट भनेका भरमा हट्दिन : केपी ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग देशको समृद्धि र विकासका लागि स्पष्ट दृष्टिकोण र कार्यदिशा रहेको दाबी गरेका छन् ।

एमाले केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीको जिम्मेवारी अहिलेको परिस्थितिमा अझ महत्वपूर्ण भएको बताएका हुन् ।

उनले सबै तहका नेताहरूलाई जिम्मेवार ढंगले अघि बढ्न आह्वान गरे ।

यस्तै ओलीले आफूलाई कतिपय नेताहरूले फेसबुकमार्फत अध्यक्षबाट हट्न भन्दैमा नहट्ने दाबी गरेका छन् ।

उनले भने ‘केही पार्टीभित्र पनि सुरवीरहरुलाई लहड चलेको देख्छु । कसैले मेरो राम्रो बौद्धिक विश्लेषण गर्नेहरूले छोड्दिन्छ । देश अलपत्र पार्छ भन्ने पनि सुनेको छु’, उनले आफू सप्रिन देशभक्तिपूर्ण विचार छाड्नुपर्ने भन्दै प्रश्न समेत गरे ।

‘हामी छाड्दैनौ । मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन’, उनले भने, ‘यो कमिटीले भन्नुपर्छ । यसले भनेका बेला अँध्यारो मुख लाउने वाला छैन । यस कमिटीको आदेशमा जुनसुकै मान्न तयार छु ।’

उनले बाहिर गएर, अखबारबाजी गरेर, लोकप्रियतावादका पछि कुदेर नेतृत्व छाड्न गरिएको आग्रह आफूलाई स्वीकार्य नहुने पनि बताए ।