विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरेका छन् ।

जेनजी अभियन्ता रक्षा बम लगायतका युवाहरूले जोशीको स्मृतिमा बुधबार काठमाण्डुको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका हुन् ।

विपिन अक्टोबर ७, २०२३ देखि हमासको कब्जामा थिए । अध्ययनका लागि इजरायल गएका जोशीलाई २ वर्षअघि हमासले अपहरण गरेर गाजातर्फ लगेको थियो ।

सोमबार हमासले उनीसहित ४ जनाको मृत्यु पुष्टि गर्दै शव बुझाउन लागिएको जानकारी दिएको थियो । इजरायलमा मंगलबार डीएनए परीक्षणपछि इजरायली सेनाले जोशीको मृत्युको औपचारिक पुष्टि गरेको छ ।