दोस्रोपटक नेपालको टी–२० विश्वकप यात्रा तय

दोस्रोपटक नेपालको टी–२० विश्वकप यात्रा तय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालले लगातार दोस्रोपटक टी–२० क्रिकेट विश्वकपको यात्रा तय गरेको छ ।

ओमानमा जारी इस्ट–एशिया प्यासिफिक (ईएपी) क्वालिफायरबाट नेपाल र आयोजक ओमानले विश्वकपको यात्रा सुनिश्चित गरेका छन् ।

बुधबार सम्पन्न खेलमा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमानको विश्वकप यात्रा पक्का भएको छ । प्रतियोगितामा दुवै टोली अपराजित रहँदै २ खेल बाँकी छँदैै विश्वकपमा पुग्न सफल भएका छन् ।

‘सुपर सिक्स’ चरणमा दुवैले ६–६ अंक प्राप्त गरेका छन् । रनरेटका आधारमा ओमान शीर्षस्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ । नेपालले ओमान विरुद्धको आगामी खेल जिते शीर्षस्थानमा उक्लिनेछ । नेपालले आफ्नो अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने तालिका छ ।

सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपमा नेपाल सहभागी हुनेछ ।