प्रधानमन्त्री कार्की र जेनजी अभियन्ता सुधनसँग नजिक रहेका अर्जुन शाही पक्राउ

प्रधानमन्त्री कार्की र जेनजी अभियन्ता सुधनसँग नजिक रहेका अर्जुन शाही पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की र जेनजी अभियन्ता सुधन गुरुङसँग नजिक रहेका अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार शाहीलाई बुधबार साँझ साढे ७ बजे कोटेश्वरबाट पक्राउ गरिएको छ ।

उनी विभिन्न आपराधिक मुद्दामा संलग्न भई फरार रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । जेनजी नाम प्रयोग गर्दै विभिन्न सरकारी कार्यालयहरूमा गएर धम्की र दबाब दिने गतिविधिमा संलग्न भएको आरोप पनि शाहीमाथि लागेको छ ।

प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।