काठमाण्डु – जेनजी आन्दोलनका बेला सिंहदरबार क्षेत्र आसपासको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी तोडफोड र आगजनीमा संलग्न १ व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका सम्राट भनिने राजु परियार रहेका छन् ।
उनले २०८२ भदौ २४ गते भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रयोग गर्ने बन्दुक बोकेर सिंहदरबारको मुख्य गेटसहित विभिन्न स्थानमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरेको अनुसन्धानमा खुलेको छ ।
परियारलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ अनुसार ‘आपराधिक उपद्रव गर्न नहुने’ कसूरमा काठमाण्डु जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार परियार यसअघि पनि बैंकिङ कसूर र ठगी सम्बन्धी आपराधिक घटनामा संलग्न रहेको तथ्य फेला परेको छ ।




प्रतिक्रिया