गोकर्णेश्वरबाट पेस्तोल र हत्कडीसहित २ युवक पक्राउ

गोकर्णेश्वरबाट पेस्तोल र हत्कडीसहित २ युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको गोकर्णेश्वरबाट प्रहरीले पेस्तोल र हत्कडीसहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डु अन्तर्गतको प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–३ बस्नेत गाउँमा खोजतलासी गर्दा उनीहरूलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ सूर्यकोट घर भई भक्तपुर बस्ने २७ वर्षीय राजन भुजेल र मेलम्ची नगरपालिका–१ घर भई गोकर्णेश्वर बस्ने २६ वर्षीय उत्तम भुजेल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाण्डु जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका दुवै जनामाथि घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।