काठमाण्डु – अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा पठाएका राजदूतहरू फिर्ता बोलाउने तयारी सरकारले सुरु गरेको छ।
प्रधानमन्त्री सुशिला कार्कीले आफ्नो टिमसँग छलफल गरी यो प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार सरकारले भारतसहित एक दर्जनभन्दा बढी देशका राजदूतहरू फिर्ता बोलाउने तयारी गरेको छ। चीन, अमेरिका, इजरायल, जापानलगायत देशका राजदूतहरू यस सूचीमा पर्नेछन्।
हाल १७ देशमा राजनीतिक नियुक्तिका आधारमा राजदूत रहेका छन्। सरकारले यस विषयमा प्रस्ताव तयार गरी मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्ने गृहकार्य पूरा गरिसकेको छ।
स्रोतका अनुसार सम्भावित रुपमा बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरिनेछ।
यदि आजको बैठकमा प्रस्ताव पेश भएन भने, आगामी हप्ता औपचारिक निर्णय हुनेछ। फिर्ता बोलाइने राजदूतहरूलाई यसबारे आधिकारिक सूचना पठाइसकिएको छ। बोलाउन लागिएका राजदूतहरूलाई त्यससम्बन्धी सन्देश पनि पठाइएको छ ।




प्रतिक्रिया