काठमाण्डु – बुद्ध एयरका मालिक तथा व्यवसायी वीरेन्द्रबहादुर बस्नेतले नयाँ पार्टी खोलेका छन् ।
बस्नेतले समाजशास्त्री दिनेश प्रसाईंसहितसँग मिलेर गतिशील लोकतान्त्रिक पार्टी खोलेका हुन् ।
पार्टीको अध्यक्षमा प्रसाईं छन् । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ छन् भने व्यावसायी बस्नेत सदस्य छन् । उनीहरूले बिहीबार पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिएका छन् ।
पार्टीमा एक अध्यक्ष, पाँच महासचिव र एक कोषाध्यक्ष राख्ने व्यवस्था गरिएको छ । बाँकी सुशासन, उद्यमशीलता र समता हेर्ने गरी बेग्लाबेग्लै महासचिव हुनेछन् ।
पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था छ । बस्नेत सदस्य रहेकाले चुनाव लड्नका लागि बाधा हुने छैन ।
बस्नेत नेपालको आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो बुद्ध एयरका मालिक हुन् ।
‘सबै मिलौँ, देश बचाऊँ, देश बनाऊँ’ पार्टीको नारा छ।




प्रतिक्रिया