जनमत फुटाउनेविरुद्ध सीके राउतले गरे सर्वोच्चमा रिट दायर

जनमत फुटाउनेविरुद्ध सीके राउतले गरे सर्वोच्चमा रिट दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जनमत पार्टी अध्यक्ष सीके राउतले जनमत विभाजनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

राउतले राजनीतिक दलसम्बन्धि ऐन निष्क्रिय भएको समयमा दल विभाजन नै हुन नसक्ने भन्दै रिट दायर गरेका हुन् ।

राउतको रिटको पेसी शुक्रबारलाई तोकिएको छ।

राउतले निर्वाचन आयोगलाई समेत प्रतिवादी बनाउँदै मुद्दा हालेका हुन् ।

उपाध्यक्ष रहेका दीपककुमार साहसहितले जनमत पार्टी फुटाएर जनस्वराज पार्टी गठन गरेका छन्।