कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, बाँकी सदस्यले धारणा राख्ने

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, बाँकी सदस्यले धारणा राख्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबा। पनि बस्दैछ। असोज २८ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ ।

शुक्रबारको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम छ।

बिहीबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए । त्यसैगरि महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा केन्द्रीय सदस्यहरू डा.शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल, नृपबहादुर वड लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए।

बैठकमा बोल्ने सबै सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राखेका थिए।

यसअघि असोज २८ गतेको पहिलो बैठकमा सभापति देउवाले आफ्नो विशेष मन्तव्य राख्दै स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी जिम्मेवारी तोकेका थिए ।