एमाले केन्द्रीय सदस्य सिंहले भने-संसद् पुनर्स्थापनाको कुरा हास्यास्पद हो

एमाले केन्द्रीय सदस्य सिंहले भने-संसद् पुनर्स्थापनाको कुरा हास्यास्पद हो

उषाकिरणले भनिन्–जेन जी आन्दोलनबाट पनि हामी चेतेनौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एकजनाको महत्वाकांक्षाका लागि सिङ्गो पार्टी कमिटीलाई विनाशतिर लग्न नहुने बताएकी छन्।

पार्टीको दशौँ केन्द्रीय कमिटी बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै तिम्सेनाले एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन नमिल्ने बताएकी छन् ।

‘राष्ट्र र पार्टीको जीवनमा एउटा महादुःस्वप्न थियो भदौ २४ गते। त्यसबाट पनि हामीले चेतेनौँ भने इतिहासले हामीलाई धिक्कार्ने छ। एक व्यक्तिको महत्त्वाकांक्षाका लागि सिङ्गो पार्टीको विकाश र प्रगति अवरुद्ध पार्न हुँदैन’, उनले भनिन् ।

तिम्सेनाले अहिले नेतृत्व सफल भइरहेको भए को चाहिँ असफल भएको भनेर प्रश्नसमेत गरेकी छन्। उनले दुर्गा प्रसाईं जस्ता अराजक मान्छेहरूलाई पार्टीमा प्रवेश गराएर अझै पार्टी विनाशतिर लगिएको उल्लेख गरिन् ।

१० बुँदामा आफ्नो धारणा राख्दै उनले नेतृत्वलाई जिम्मेवार निर्णय लिएर पन्छिनका लागि आग्रह गरेको छन्।

यस्तै केन्द्रीय सदस्य अरविन्द सिंहले अध्यक्ष केपी ओलीलाई आफैँले दुई पटक संसद् विघटन गरेको भएकाले पुनर्स्थापनामा लाग्दा हास्यास्पद हुने टिप्पणी गरे ।

केन्द्रीय कमिटीको बैठकमा बोल्दै चुनावमा जानुको विकल्प नभएको बताए । उनले भने, ‘दुई दुई पटक हामी आफैले संसद् विघटन गरेकोले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बिच घृणा र हाँसोको पात्र मात्रै हुन्छौँ ।

चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन ।’

उनले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गरी पार्टी काममा फर्किने वातावरण बनाउन पनि माग गरे ।