मिराज ढुंगानाले भोलि पार्टी घोषणा गर्दै

मिराज ढुंगानाले भोलि पार्टी घोषणा गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जेनजी युवा मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने भएका छन् । ढुंगानाले शनिबार पत्रकार सम्मेलन गरेर पार्टीको घोषणा गर्ने भएका हुन् ।

होटल एभरेस्टमा शनिबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागेको उनले बताएका छन्।

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डा राखेर उनले पार्टी घोषणा गर्न लागेका हुन् ।

सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् ।

‘देश गम्भीर अवस्थामा छ । देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौँ,’ ढुंगानाले भनेका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई परिवर्तन भन्दै आफूहरू अझै डटेर शान्तिपूर्ण रुपमा लड्ने उनले बताएका छन्।

‘गरिखान देउ’ अभियानका संयोजक समेत रहेका ढुंगाना जेनजी आन्दोलनपछि चर्चामा आएका अगुवामध्येका हुन् ।