प्रधानमन्त्री कार्की मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा

प्रधानमन्त्री कार्की मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले आज र भोलीभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् ।

प्रधानमन्त्रीले रक्षा र परराष्ट्र मन्त्रालय आफ्नै जिम्मामा राखेर मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेकी हुन् भने बाँकी आठ मन्त्रालयमा मन्त्रीहरू नियुक्त गर्ने छन् ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले पहिलो चरणमा कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

त्यसपछि ६ असोजमा उनले दोस्रो पटक ४ मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।

पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, तात्कालीन राज्य पुनर्संरचना आयोगका संयोजक मदन परियार, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र पत्रकार जगदीश खरेललाई मन्त्री नियुक्त गरेकी थिइन् ।

अन्तरिम सरकार बनेको एक महिनासम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा अधिकाशं मन्त्रालहरू मन्त्रीविहीन छन् ।

प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा, खानेपानी , महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैं सम्हाली रहेकी छन् ।