मोहन वैद्यले क्रान्तिकारी माओवादीको महासचिवबाट दिए राजीनामा

मोहन वैद्यले क्रान्तिकारी माओवादीको महासचिवबाट दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– क्रान्तिकारी कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) नेपालका महासचिव मोहन वैद्यले पदबाट राजीनामा दिएका छन्।

स्वास्थ्यका कारण देखाउँदै वैद्यले महासचिव पद बाट राजीनामा दिएका हुन् । यस्तै वैद्यले नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन्।

क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले गजुरेलाई महासचिवका रुपमा अनुमोदन पनि गरिसकेको छ ।

उनी २०८१ मंसिरमा भएको एकता महाधिवेशनबाट बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।