काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तय गरेको विस्तारित बैठक १ हप्तापछि सारिएको छ ।
आईतबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले बैठकको मिति परिवर्तन गर्ने निर्णय गरेको हो ।
यसअघि कात्तिक १४ र १५ गतेका लागि तय गरिएको विस्तारित बैठक अब कात्तिक २१ र २२ गते बस्नेछ ।
बैठक स्थान वरपर हुने एकादशी मेला, व्यवस्थापन समिति अध्यक्षले प्रस्तुत गरेको शान्ति सुरक्षा चुनौतीबारे वस्तुगत जानकारी लगायतका विषय छन् ।
बैठकमा पार्टीका आन्तरिक तयारी, संगठन विस्तार र आगामी निर्वाचन सम्बन्धी कार्यसूचीमा छलफल हुनेछ ।




प्रतिक्रिया