जेन्जी आन्दोलन मेरो सपना थियो, म ढल्न दिनेछैन : नेता पुरुषोत्तम यादव

जेन्जी आन्दोलन मेरो सपना थियो, म ढल्न दिनेछैन : नेता पुरुषोत्तम यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेन्जी आन्दोलनका नेता पुरुषोत्तम यादवले आन्दोलन कमजोर भएको चर्चा बीच आफ्नो अटूट प्रतिबद्धता दोहोर्‍याएका छन्। सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै उनले जेन्जी आन्दोलन आफ्नो जीवनको सपना भएको बताउँदै यसलाई कहिल्यै ढल्न नदिने दृढता व्यक्त गरेका छन्।

‘जेन्जी आन्दोलन मेरो सपना थियो, र यो अहिले हल्लिएको देखे पनि म यसलाई ढल्न दिनेछैनँ। मेरो प्रतिबद्धता अडिग छ,” यादवले भनेका छन्, “जसले सोचेका छन् म डराएको छु — फेरि सोच। तिम्रो र हाम्रो भलाइका लागि यो सम्झ: हामी अझै यहाँ छौं, र हामीलाई चुप पार्न सकिँदैन।’

यादवले यसअघि नै जेन्जी आन्दोलन सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयमा औपचारिक अनुमति लिएका थिए। उनको नेतृत्वमा सुरू भएको यो आन्दोलन अहिले विभिन्न जिल्लामा विस्तार हुने तयारीमा छ।

राजनीतिक वृत्तमा यादवको यो अभिव्यक्तिलाई आन्दोलनभित्र पुनः उत्साह जगाउने संकेतका रूपमा लिइएको छ। पछिल्ला दिनमा आन्दोलन सुस्त भएको चर्चा भइरहेका बेला उनको यो वक्तव्य आएको हो।