जेन्जी नेताहरूलाई मिलाउन लागे बालेन शाह

जेन्जी नेताहरूलाई मिलाउन लागे बालेन शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – जेन्जी आन्दोलनका नेताहरूबीच समन्वय गराउने प्रयासमा काठमाडौं महानगरका प्रमुख बालेन शाहको टोली सक्रिय बनेको छ।

बालेनका निकट सहयोगी कुमार वेनले जेन्जी आन्दोलन सुरू गर्ने पुरूषोत्तम यादव र आन्दोलनपछि दबाब बढाउने सुदन गुरुङलाई एकै ठाउँमा आएर अघि बढ्न सुझाव दिइरहेका छन्। उनीहरूबीच दूरी बढेको जानकारी प्राप्त भएपछि मेयर बालेनले आन्दोलनको मर्म र भावना जोगाउन तथा पार्टी बनाएर अघि बढ्न दुबै नेताले सहकार्य गर्नुपर्ने सन्देश पठाएका हुन्।

बालेनले दुबै नेतालाई आफू कार्यकर्ता भएर हिँड्न तयार रहेको र उनीहरूको साथमा रहेको भन्दै, “म तिमीहरूकै साथमा छु, मिलेर अघि बढ,” भन्ने सन्देश दिएका छन्। बालेनको सन्देश र कुमार वेनको पहलपछि यादव र गुरूंगबीच छलफल सुरू भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री सुशिला कार्कीले समेत जेन्जी नेताहरूबीच आपसी सम्बन्ध कमजोर भएको गुनासो गर्दै आएकी छन्। स्रोतका अनुसार उनले अहिले गुरुङ र यादवलाई प्राथमिकतामा राखी छलफल गरिरहेकी छन्।

जेन्जी नेताहरु यादव र गुरुङले मिलेर कार्की नेतृत्वको सरकारलाई सहयोग गर्ने, आफ्ना एजेन्डा लागू गर्न दबाब दिने र सहमतिमै जेन्जी प्रतिनिधिहरूलाई सरकारमा पठाउनेबारे पनि छलफल गरिरहेका छन्।