जुवातास खेल्दाखेल्दै १०९ जना पक्राउ

जुवातास खेल्दाखेल्दै १०९ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेल्दाखेल्दै १०९ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका सञ्चालक ३१ वर्षीय राकेश श्रेष्ठ समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३१ हजार रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको छ ।

चितवनको खैरहनी नगरपालिका–११ बस्ने ५६ वर्षीय एकबहादुर भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा एकबहादुर समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ७२० रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१० ओदान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका सञ्चालक भरतपुर नगरपालिका–५ बस्ने ५३ वर्षीय वासु रिमाल समेत १० जनालाई सोमबार राति प्रहरीले प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २१० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–२ मोहरिया टोल बस्ने दिपक विकको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७३ हजार ४४५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरस्थित लप्सीबोट सामुदायिक जंगलमा जुवा (कौडा) खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका–२६ बुढिबजार बस्ने ४४ वर्षीय हेमबहादुर रानाभाट समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार २०५ रूपैयाँ र १४ थान कौडासहित पक्राउ गरेको छ ।

भक्तपुरको भक्तपुर नगरपालिका–४ बुल्छामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ४७ वर्षीय दयाराम सायजु समेत २७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख २३ हजार ९६० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको छ ।

दाङको राप्ती गाउँपालिका–२ लालमटियास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ३४ वर्षीय नरेश बुढा समेत १४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४९ हजार ७९५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ । 

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ खैलार बस्ने टोप बहादुर थापाको घर जुवातास खेलिरहेको अवस्थामा टोप बहादुर समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बग्नाह भुरिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ७२५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बस्ने ५० वर्षीय गणेश बस्यालको घरमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९७ हजार ७०० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ३५ वर्षीय हिक्मत सिँह रावल समेत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार २६० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।