काठमाण्डु – प्रहरीले भोजपुर र अर्घाखाँचीबाट भरुवा बन्दुकसहित ३ जनालाई पक्राउ गरेको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ हर्कटे सामुदायिक वनबाट भरूवा बन्दुक १ थान, खुकुरी १ थान र बन्दुकमा प्रयोग हुने छर्रासहित टेम्केमैयुङ गाउँपालिका–४ चखेवा बस्ने ४० वर्षीय सचिन सिंह राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरी टोलीले उनलाई भरूवा बन्दुकसहित पक्राउ गरेको छ ।
यसैगरी अर्घाखाँचीको शितगंगा नगरपालिका–१० बाघखोर बस्ने ४५ वर्षीय हेम बहादुर नेपालीको घरबाट भरूवा बन्दुक १ थान, फलामको टुक्रा १७ थान र बारूद करीब १५ ग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिद्धाराबाट खटिएको प्रहरी टोलीले हेमबहादुरको घर तलासी गर्ने क्रममा भरूवा बन्दुक फेला पारी पक्राउ गरेको छ । सोधपुछको क्रममा भरूवा बन्दुक स्थानीय २९ वर्षीय दिनेश नेपालीको भन्ने खुल्न आएपश्चात दिनेशलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरुवा बन्दुक सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया