राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली

राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गर्न अपील गरेका छन्।

बुधबार नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देशमार्फत उनले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली नै हाम्रो शक्ति रहेको बताएका हुन्।

शुभकामना सन्देशमा उनले सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

‘आज नेपाल संवत् ११४६ को पहिलो दिन, अर्थात् नयाँ वर्षारम्भ। हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ।

राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली– हाम्रो शक्ति हो,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौं र सद्भावको सुगन्ध फैलाऔं।