करेन्ट लागेर पूर्व वडाध्यक्ष यादवको मृत्यु

करेन्ट लागेर पूर्व वडाध्यक्ष यादवको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटको गौरमा करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु भएको छ ।

गौर नगरपालिका–५ का पूर्व वडाध्यक्ष रामस्वार्थ राय यादवको बुधबार करेन्ट लागेर मृत्यु भएको हो ।

नेकपा एमाले रौतहट जिल्ला कमिटी सदस्य समेत रहेका यादवको करेसाबारीमा विद्युतीय मोटरमार्फत पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागेपछि अचेत भएका  यादवलाई प्रादेशिक अस्पताल गौर उपचारका लागि ल्याइएको थियो । उनको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

प्रादेशिक अस्पताल गौरका चिकित्सकले उनलाई ४:३० बजे मृत घोषित गरेका हुन् । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको छ । स्थानीय राजनीतिमा सक्रिय यादव समाजसेवीका रूपमा परिचित थिए ।