काठमाण्डु – काभा पुरूष नेसन्स कप भलिबलमा नेपालले बिहीबार आयोजक बंगलादेशसँग खेल्दैछ।
खेल साँझ ५ बजे ढाकामा सुरु हुनेछ। नेपालले उद्घाटन खेलमा नेपालले तुर्किमेनिस्तानसँग हार ब्यहोरेको छ।
बंगलादेशको मिरपुरमा बुधबार सुरू भएको प्रतियोगिताको पहिलो खेलमा नेपालविरूद्ध तुर्किमेनिस्तान सोझो सेटमा विजयी भएको हो।
नेपालले तुर्किमेनिस्तानलाई लगातार दबाबमा राखेपनि पराजित भयो । नेपालले पहिलो सेट २५–२२ ले गुमायो।
दोस्रो सेटमा भने नेपालले आशारहित प्रदर्शन गरेको थियो ।
१८ दिन अभ्यास गरेको नेपाल पदक जित्ने लक्ष्यसहित बंगलादेश गएको हो। प्रतियोगितामा ६ टोलीको सहभागीता छ।




प्रतिक्रिया