भारतले दियो विभिन्न विद्यालयहरूलाई स्कुल बस

भारतले दियो विभिन्न विद्यालयहरूलाई स्कुल बस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतले नेपालका विभिन्न विद्यालयलाई स्कुल बस उपहार दिएको छ ।

नेपालस्थित भारतीय दूतवासले बुधबार एक कार्यक्रम गरेर विभिन्न ४८ वटा विद्यालयलाई सो बस हस्तान्तरण गरेको छ ।

सात प्रदेशका विभिन्न जिल्लामा रहेका विद्यालयहरूलाई बस उपहार दिइएको दूतावासले जनाएको छ ।

कोशी प्रदेशका बाढी प्रभावित इलाम, झापा र उदयपुर जिल्लाहरू तथा दुर्गम जिल्लाहरू हुम्ला, मुस्ताङ, सङ्खुवासभा, दार्चुला, बैतडी र अछामलगायत ४८ जिल्लाहरूमा अवस्थित विभिन्न शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बसहरू उपहार स्वरूप प्रदान गरेको दूतावासले जनाएको छ ।

भारत सरकारले नेपाल र भारतबिचको लामो समयदेखिको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै यो उपचार प्रदान गरेको दूतावासले जनाएको छ ।

विगत तीन दशकमा, भारतले नेपालका विभिन्न विद्यालयलाई ३८१ वटा स्कुल बस प्रदान गरेको छ ।